एक किलोमिटर यात्रा गर्दा १५ पैसा मात्रै खर्च हुने स्कुटर नेपाली बजारमा

काठमाडौँ। पेट्रोलको मूल्य बृदिका कारण आहतमा परेका स्कुटर प्रयोगकर्ताको लागि वरदान साबित हुने खालको इलेक्ट्रिकल स्कुटर बजारमा आएको छ। प्योर ईभीले बजारमा ल्याएको इट्रान्स नियो र प्लुटो स्कुटर नेपाली बजारमा व्हाइट लोटसले बिक्री गरिरहेको छ।

भारतको हैदराबाद रहेको स्टार्टअप कम्पनी प्योर ईभीले लन्च गरेका यी स्कुटरहरू अत्यधिक किफायती प्रमाणित भएका छन् । नेपालमा रु. २ लाख २५ हजारको रेन्जमा उपलब्ध यी स्कुटरको विशेषता भने बेजोडको छ।

यसले फुल चार्जमा १२० किलोमिटरको यात्रा गर्न सकिन्छ। साथै, यसको उच्च गति ६० किमी / घण्टा छ। यति मात्र होइन, यो स्कुटरले मूल्यको हिसाबले ओला र भारत कै टिभीएस क्यु सँग पनि प्रतिस्पर्धा गर्छ, जसको मूल्य यसको तुलनामा निकै उच्च छ। यसका आधिकारिक बिक्रेता व्हाइट लोटसका कार्यकारी निर्देशक अशोक खड्गीका अनुसार यो स्कुटरले जम्मा १५ पैसाको खर्चमा नै एक किलोमिटर यात्रा गराउँछ।

५ सेकेन्डमा ४० किमी प्रतिघण्टाको गति

बिक्रेता कम्पनीले यो ईभी स्कुटरको बारेमा दाबी गरेको छ कि यसले ५ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । साथै, यसको लोड क्षमता १५० केजी सम्म छ। यसमा सेतो, रातो, निलो, कालो, खैरो र सिल्भर गरी जम्मा ६ रङ विकल्पहरू छन्। यो ई-स्कुटरमा चार इन्चको एलसीडी डिस्प्ले, रिजेनेरेटिभ ब्रेकिङ, एलईडी हेडलाइट र एन्टी थेफ्ट स्मार्ट लक छ।

पोर्टेबल ब्याट्री

यो विद्युतीय स्कुटरका नेपालमा एक दर्जन भन्दा बढी स्थानहरूमा डिलरहरू छन्। यो इलेक्ट्रिक स्कुटर २. केडब्लुएच लिथियम ब्याट्रीद्वारा सञ्चालित छ, जुन बीएलडीसी मोटरसँग जोडिएको छ। घरमा नै सजिलै प्लगमा चार्ज जोडेर यो स्कुटर चार्ज गर्न सकिन्छ। अप्ठ्यारो पर्दा यसमा पोर्टेबल ब्याट्री छ, जसको मद्दतले तपाई सजिलै यो ब्याट्री निकाल्न र चार्ज गर्न सक्नुहुन्छ। यो स्कुटरले पूर्ण चार्ज गर्दा इको मोडमा १२० किलोमिटरसम्मको रेन्ज दिनेछ, जबकि यसको टप स्पिड ६० किलोमिटर छ।

के छ थप विशेषता ?

विद्युतीय सवारीको सञ्चालन खर्च अति नै कम रहेको खड्गीको दाबी छ। खड्गी भन्छन्, ‘तपाई जम्मा १५ पैसाको लागतमा एक किलोमिटर यात्रा गर्न सक्नुहुन्छ। जबकि पेट्रोलबाट चल्ने स्कुटरमा एक किलोमिटर यात्रा गर्दा औसत ४ रुपियाँ खर्च हुने देखिन्छ।’ त्यसैले कम खर्चमा यात्रा गर्न सक्नु नै यसको प्रमुख विशेषता हो।

प्योर ईभीको ई–प्लेटोमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । ई–प्लुटोको उच्च गति ६० किलोमिटर प्रतिघण्टा छ । त्यसै गरी नियो इन्ट्रान्स पनि ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री  रहेको छ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को प्योर स्कुटर बिशेषता र पर्फर्मेंन्स पेट्रोल स्कुटरको १२५ सिसि बराबर रहेको छ।

यसबाहेक घरमा वा अफिसमा जहाँ पनि यसलाई चार्ज गर्न सकिन्छ। यदि कथम् कदाचित् बाटैमा ब्याट्रीको चार्ज सकियो भने सजिलै ब्याट्री निकालेर कतै लगी बढीमा आधा घण्टामा नै फेरी स्कुटर चलाउन सकिन्छ।  ‘यदि कसैले एक्स्ट्रा ब्याट्री राखेको छ भने त यस्तो समस्या कहिले पनि आउँदैन’, खड्गी भन्छन्।

प्योर ईभीको ई–प्लेटोमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । ई–प्लुटोको उच्च गति ६० किलोमिटर प्रतिघण्टा छ । त्यसै गरी नियो इन्ट्रान्स पनि ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री  रहेको छ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को प्योर स्कुटर बिशेषता र पर्फर्मेंन्स पेट्रोल स्कुटरको १२५ सिसि बराबर रहेको छ।

यस स्कुटरमा १.५ किलोवाट र २.२ किलोवाट क्षमताको दुई मोटर अप्सन पाउन सकिन्छ । यसमा रहेको ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा १२० किलोमिटर चलाउन सकिन्छ ।

ब्याट्रीको मूल्यमा आउँदैछ गिरावट

व्हाइट लोटसका सञ्चालक अशोक खड्गीका अनुसार उनको कम्पनीले चाँडै लामो दुरीको लागि समेत यात्रा गर्न मिल्ने विद्युतीय माइक्रो बस आयात गर्दै छ।  त्यो आएपछि हालको तुलनामा लगभग आधा भाडामा नै यात्रुहरूले लामो दुरीको समेत यात्रा गर्ने अवसर पाउने उनको दाबी छ। खड्गी भन्छन्, ‘सरकारले एसियाली विकास बैंकको सहयोगमा ५० वटा चार्जिंग स्टेसन बनाउने भएपछि हामी उत्साहित भएका छौँ।  त्यसैले आधा घण्टामा नै चार्ज हुने माइक्रो बस नेपाल भित्राउने प्रक्रिया हामीले सुरु गरिसकेका छौँ।’

ब्याट्री फेर्नुपर्‍यो भने ठुलो रकम खर्च हुन्छ भन्ने चिन्ता नगर्न उपभोक्तालाई उनी सुझाव दिन्छन्। उनी भन्छन्, ‘सन् २०१० मा १ किलोवाट आवरको ब्याट्री १२०० डलर पर्थ्यो अहिले त्यसको मूल्य १२० डलर छ। अब भारतमा सन् २०२४ सम्ममा यस्ता ब्याट्री उत्पादन हुँदै छन् त्यसपछि ८०/९० डलरमा झर्ने अपेक्षा छ।’

अन्तर्राष्ट्रिय बजारमा  लिथियम आयोन ब्याट्रीको मूल्यमा समेत गिरावट आउँदै गरेकोले अब पहिले जस्तो ब्याट्री फेर्नुपर्‍यो भने ठुलो रकम खर्च हुन्छ भन्ने चिन्ता नगर्न उपभोक्तालाई उनी सुझाव दिन्छन्। उनी भन्छन्, ‘सन् २०१० मा १ किलोवाट आवरको ब्याट्री १२०० डलर पर्थ्यो अहिले त्यसको मूल्य १२० डलर छ। अब भारतमा सन् २०२४ सम्ममा यस्ता ब्याट्री उत्पादन हुँदै छन् त्यसपछि ८०/९० डलरमा झर्ने अपेक्षा छ।’

त्यसो त हाल सो कम्पनीले बजारमा ल्याएको इ-प्लेटो र नियो इन्ट्रान्सको ब्याट्रीमा ३ वर्षको वारेन्टी नै छ। उनका अनुसार सामान्यतया यी ब्यत्रिले ६/७ वर्ष काम गर्छन्।  त्यसपछि मात्रै फेर्नु पर्ने हुन्छ। जुन बेला यस्ता ब्याट्रीको मूल्य हालको तुलनामा निकै नै सस्तो भइसकेको हुनेछ

Recent News