काठमाडौं – भारतको हैदराबादमा उत्पादन भएको दुई पांग्रे विद्युतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीले हिन्दुहरुको महान चाडपर्वको अवसरमा विशेष अफर ल्याएको छ । ‘प्योरमा स्योर अफर’ नाम दिइएको उक्त अफर अन्तर्गत स्कुटर ग्राहकहरुलाई विशेष छुट प्रदान गरिनुका साथै ३ जना ग्राहकलाई विशेष उपहारको व्यबस्था गरिएको छ ।
स्योरसट क्यासब्याक अन्तर्गत प्योर ईभीका तीन स्कुटरमा १० हजार र १५ हजार छुट उपलब्ध हुनेछ । इलेक्ट्रिक स्कुटर ईप्लुटो ७जी र ईट्रान्स नियो खरिद गर्दा १० हजार छुट उपलब्ध हुनेछ भने ईट्रान्स प्लस खरिद गर्दा १५ हजार छुट उपलब्ध हुनेछ ।
त्यसैगरी ग्यारेन्टिड गिफ्ट अन्तर्गत चार मध्ये कुनै एक पुरस्कार अवश्य पर्नेछ । ग्राहकलाई दिइएको स्क्र्याच कुपनबाट पहिलो पुरस्कारको रुपमा ५ हजार, ७ हजार ५ सय वा १० हजार नगद पुरस्कार प्राप्त हुनेछ । त्यसैगरी दोस्रो पुरस्कारको रुपमा १२८ जीबीको आईफोन १२ प्राप्त हुनेछ । तेस्रो पुरस्कारको रुपमा दुई जना व्यक्तिका लागि पोखराको वाटरफ्रन्ट रिसोर्टमा दुईतर्फी एयर टिकट सहित २ रात र ३ दिन बस्न मिल्ने अवसर प्राप्त हुनेछ भने चौथो पुरस्कारको रुपमा अटोनिक्स भोल्टिक इलेक्ट्रिक साइकल प्राप्त हुनेछ ।
यी वाहेक ग्रान्ड प्राइजको रुपमा ईट्रान्स प्लस इलेक्ट्रिक स्कुटर एक जनालाई प्राप्त हुनेछ । स्कुटर खरिद गर्ने ग्राहकहरुलाई प्रदान गरिएको स्क्र्याच कार्डमा भएको गिफ्ट कोडको आधारमा यो पुरस्कार प्राप्त हुनेछ ।
प्योर ईभीको यो अफर सेप्टेम्बर १ देखि नोभेम्बर १६ सम्म लागू हुनेछ । नेपाली बजारमा प्योर ईभीका इलेक्ट्रिक स्कुटर ईप्लुटो ७जीको मूल्य २ लाख ४९ हजार, ईट्रान्स नियोको मूल्य २ लाख २९ हजार र ईट्रान्स प्लसको मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
Motorhead
काठमाडौं उपत्यकामा नक्साल, टेकु, गावहाल र गट्ठाघर तथा उपत्यका वाहिर बुटवल, कावासोती, नारायणघाट, हेटौडा, जनकपुर, इटहरी, विर्तामोड र पोखरामा प्योर ईभीका सोरुम छन् । नेपालमा ह्वाइट लोटस मोटर्स प्रालिले प्योर ईभीको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।